गठबन्धन बैठक : नीति तथा कार्यक्रममाथि छलफल, सबै ठाउँको नतिजा आएपछि मात्रै चुनावी समीक्षा


काठमाडाैं – सत्ता गठबन्धनले स्थानीय निर्वाचनबारेको समीक्षा सबै ठाउँको नतिजा आइसकेपछि मात्रै गर्ने भएको छ । बालुवाटारमा आइतवार भएको सत्ता गठबन्धनको बैठकमा निर्वाचन समीक्षा गर्ने भनिए पनि सो विषयमा छलफल भएन ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो । दलका नेताहरूले सो विषयमा सुझाव दिएका थिए । ‘नीति तथा कार्यक्रममाथि छलफल गर्ने एजेन्डा थियो, त्यही विषयमा छलफल भयो,’ एक नेताले भने ।

वैशाख ३० गते स्थानीय चुनाव सम्पन्न भएपछि गठबन्धनको यो पहिलो बैठक हो । बजेटअघि जेठ १० गते संसदका सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत गठबन्धनका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया