

पाँचखालमा कांग्रेस उम्मेदवार खरेलको स्पष्ट अग्रता, ३ वडाको मत गन्न बाँकी

काभ्रे – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् ।
अहिलेसम्म १० वडामा सम्म सम्पन्न मतगणना परिणामअनुसार खरेलले नौ हजार ९३७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का कञ्चन अधिकारीले छ हजार ४७ मत प्राप्त गरेका छन्् ।
त्यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का चेतप्रसाद गौतमले सात हजार १५८ मत प्राप्त गरेका छ भने एमालेका सूर्यमाया दनुवारले छ हजार ९५१ मत प्राप्त गरेका छन् । मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २,३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल, सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी) का रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी भएका छन् । १३ वटा वडा रहेको पाँचखालमा तीन वडाको मतगणना जारी छ ।

