
नेत्रहीन क्रिकेटको उपाधि बाग्मतीलाई
काठमाडाैं – पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ । दुई खेलको टी– २० शृंखला बाग्मतीले २-० ले जितेको हो ।
दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५२ रन बनाएको थियो । सागर चेपाङले ३१ रन जोडे ।
प्रत्युत्तरमा बाग्मतीले १९.४ ओभरमा ८ विकेट क्षतिमा लक्ष्य भेटायो । शान्त पहरीले ३८ रन बनाए । राष्ट्रिय नेत्रहीन क्रिकेट संघको तत्वावधानमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शान्त ‘म्यान अफ द सिरिज’ घोषित भए ।
सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै ४ विकेट पनि लिए । पहिलो खेलमा बाग्मतीले मधेशलाई ७ विकेटले हराएको थियो ।



कागजपत्र |
