
धनगढीमा हमाललाई झन्डै १२ हजार मतकाे फराकिलाे अग्रता
कैलाली – धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल धेरै अगाडि देखिएका छन् । अहिलेसम्म ५६ हजार २ सय २६ मत गन्दा हमालले ११ हजार ७५८ मतकाे अग्रता बनाएका छन् । हमालले २४ हजार ५२९ मत प्राप्त गरेका छन् ।
उनलाई गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइरहेका छन् । वडले १२ हजार ७७१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३८६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा एमालेकी कन्दकला रानाले १२ हजार ५९४ मत पाएका छन् । उनलाई गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले पछ्याइरहेका छन् । अधिकारीले ११ हजार ५८९ मत प्राप्त गरेका छन् ।



कागजपत्र |
