कुलेखानीमा सवारी दुर्घटना हुुँदा चार जनाको मृत्यु, दुई घाइते


मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक सिमखोला पुलमा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये हेटौँडा अस्पतालमा पुर्याइएका तीन जना र एक जनाको काठमाडाैंमा रहेकाे ट्रमा सेन्टरमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएकाे छ । वीरगञ्जबाट काठमाडाैंका लागि छुटेकाे ना ४ च २३१५ नम्बरको गाडी दुर्घटनामा परेकाे हाे ।

प्रतिक्रिया