५२४ पालिकाको नतिजा सार्वजनिक : कुन दलले कति ठाउँमा जिते?


काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नजिता आउन ढिलाइ समेत भएको छ। कतिपय स्थानको मतगणना सुस्त भएको आरोपसमेत लागिरहेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार बिहान ५ः३० सम्म कुल ७५३ स्थानीय तहमध्ये ५२४ पालिकाको नतिजा आइसकेको छ। जसमा नेपाली कांग्रेसले २३६ स्थानीय तहको प्रमुख–अध्यक्षमा जित हासिल गरेको छ। कांग्रेसले ७८ नगरपालिकाको प्रमुख र १५८ गाउँपालिका अध्यक्ष जितेको हो ।

त्यस्तै नेकपा (एमाले) १४७ तहमा विजयी भएको छ। जसमा ४६ नगरपालिका प्रमुख र १०१ गाउँपालिका अध्यक्ष एमालेले जितेको हो।

माओवादी केन्द्र १०२ पालिकामा जित हासिल गर्दै एमालेलाई पछ्याइरहेको छ। उसले १ उपमहानगरपालिकासहित १६ नगर र ८६ गाउँपालिका जितेको हो।

त्यसैगरी एकीकृत समाजवादी पार्टीले ४, जनता समाजवादी पार्टी (जसपा)ले ११ स्थानीय तहको पालिका प्रमुख–अध्यक्षमा जित निकालेको छ। स्वतन्त्रसहित अन्यले २४ स्थानमा जितेको आयोगले जनाएको छ। अब १९३ तहको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया