

स्याङ्जाको चापाकोट प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा कांग्रेसका उम्मेदवार देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा कांग्रेसकै इशा राना विजयी भएका हुन् ।
खाँणले ७ हजार ४९० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याएका छन् । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा विजयी भएकी रानाले ७ हजार ४१३ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एमालेकी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याएकी छिन् ।
१० वटा वडा रहेको नगरपालिकामा वडा नं ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली कांग्रेस र १, २, ७, ९ र १० वडामा नेकपा एमाले विजयी भएका छन् ।

