

बुढानीलकण्ठ नगरपालिका प्रमुखमा एमालेका अधिकारी विजयी

काठमाडाैं – काठमाडाैंको बुढानीलकण्ठ नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी र उपमेयरमा एमालेकै अनिता लामा विजयी भएका छन् ।
मेयर पदमा एमालेका उम्मेदवार अधिकारीले १४ हजार दुई सय ५० मत र उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोद चालिसेले ११ हजार पाँच सय १२ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयर पदमा एमालेका उम्मेदवार अनिता लामाले १४ हजार तीन सय १४ मत र उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमिला वाग्लेले ११ हजार नौ सय ७२ मत प्राप्त गरेका छन् ।
१३ वटा वडा मध्ये १० वटामा एमाले, दुई वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

