देशभर थप ६ जनामा कोरोना संक्रमण, ८ जना निको


काठमाडौं – पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित थपिएका छन् । यसै अवधिमा ८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीन हजार ४७३ नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमितबाट कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा १४७ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया