

बालेन शाहले कटाए १५ हजार मत

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १५,४०२ मत पाएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ८,२२८ मत पाएका छन् । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ७,२९० मत पाएकी छन् ।
बालेनलाई पछ्याइरहेका एमालेका स्थापित ७,११४ मतले पछाडि छन् ।बालेन शाहले कटाए १५ हजार मत, ७,११४ मतले स्थापित पछाडि

