भरतपुर महानगरपालिका : रेणु दाहालले बढाइन अग्रता


चितवन- चितवनस्थित भरतपुर महानगरपालिकामा अहिलेसम्म २१ हजार ८ सय ५६ मत गणना सम्पन्न भएको छ। पछिल्लो मतपरिणामअनुसार सत्तागठबन्धनकी साझा तथा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता कायमै राखेकी छन्।

उनले ९२४६ मत ल्याएकी छन्। उनलाई एमालेका विजय सुवेदीले ७९९४ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत ल्याएका छन्।
उता उपप्रमुखमा भने कांग्रेसका चितसेन अधिकारी धेरै नै अगाडि छन्। उनले ११०३५ मत ल्याउँदा उनलाई पछ्याइरहेकी राप्रपाकी हिमला गुरुङको मात्र ६५२५ मत छ।

प्रतिक्रिया