

सभामुख सापकोटाद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
आज दिउँसो २:३० बजे बस्ने गरी समितिको बैठक आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शङ्कर हलमा बस्ने जनाइएको छ
आजै अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको छ ।

