बाह्रबिसे नगरप्रमुखमा कांग्रेसका बस्नेत विजयी


सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा कांग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरेकी थिइन् ।

 

प्रतिक्रिया