खिजिदेम्बामा फहरियो जसपाको झण्डा, अध्यक्षमा गम्बु शेर्पा विजयी


ओखलढुंगा – ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) ले जित हात पारेको छ ।

सम्पन्न मतगणनामा जसपाका गम्बु शेर्पाले नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र बस्नेतलाई पराजित गर्दै गाउँपालिकामा जसपाको झण्डा फहराउन सफल भएका हुन् । शेर्पाले २८८२ मतसहित गाउँपालिका प्रमुखमा जित हात पार्दा बस्नेतले २७५२ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवारले जित हात पारेकी छिन् । कांग्रेस उम्मेदवार सुशीला तामाङ २८२४ मतका साथ विजयी भएकी छिन् भने उनकी प्रतिद्वन्द्वी जसपाकी मनकुमारी तामाङले २२४१ मत ल्याएकी थिइन् ।

खिजिदेम्बामा रहेका ९ वटा वडामध्ये ७ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने २ वटामा जसपा विजयी भएको छ ।

प्रतिक्रिया