भोजपुरको हतुवागढीको अध्यक्षमा एमाले विजयी


भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेमकुमार राई विजयी भएका छन् । राईले चार हजार ४२ मत प्राप्त गरे भने उनका निटकतम प्रतिद्वन्द्वी गजेन्द्र कार्कीले तीन हजार ३५३ मत पाए ।

गाउँपालिकामा उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी सुनिता किराँती तीन हजार ७०८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ७११ मत प्राप्त गरे ।

प्रतिक्रिया