ओखलढुङ्गाको मानेभञ्ज्याङ अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित


ओखलढुङ्गा – जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार रुम्दालीले पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुपलाल तामाङले तीन हजार आठ सय १५ मत प्राप्त गरेका थिए । तामाङलाई १२०६ मतान्तरले पछि पार्दै रुम्दाली निर्वाचित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

राईले चार हजार सात सय ५० मत ल्याउदा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार चम्पा राईले ६०४ मत प्राप्त गरेकी छिन् । मानेभञ्ज्याङ्गमा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीसँग गठबन्धन गरेको थियो भने नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो ।

नौ वडा रहेको मानेभञ्ज्याङ गाउँपालिकामा सात वटा वडामा नेपाली कांग्रेसले जितेको छ । दुई वटामा नेकपा एमालेले वडा अध्यक्ष जितेको छ ।

प्रतिक्रिया