एक हजार ३०० रुपैयाँले घट्यो सुनको मुल्य, तोलाको कति ?


काठमाडौँ – आज सुनको मुल्य एक हजार तिन सय रुपैयाले घटेको छ । बुधबार ३०० रुपैयाले बढेर ९६ हजार ७०० रुपैयामा कारोबार भएको सुनको मुल्य बिहिबार एकै दिन एक हजार ३०० रुपैयाले घटेर ९५ हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार तीन सय रुपैयाँले घटेर ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार दुई सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया