

बझाङको साइपाल अध्यक्षमा एमाले विजयी

बझाङ – बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् ।
नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गरेका हुन् ।
यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन् ।
त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएको जनाइएको छ ।

