काठमाडौं महानगरको उपप्रमुखमा ठुलो मतान्तरले सुनिता डंगोलको अग्रता


काठमाडौं – काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा सत्ता गठबन्धन पछाडि परेको छ । नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायमै छ ।

काठमाडौंमा एमालेका उपप्रमुख उम्मेदवार सुनिता डङ्गोलले अहिलेसम्म दुई हजार मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन् ।

महानगरमा पाँच हजार ११५ मत गन्दा सुनिताले एक हजार ४२० को मतान्तर बनाएकी छन् ।

प्रतिक्रिया