मतान्तर बढाउँदै बालेन, स्थापित ५९० मतले पछाडी


काठमाडौं – काठमाडौं महानगरपालिकामा नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहले मतान्तर बढाउँदै लगेका छन् ।

मतगणनाको पछिल्लो अपडेटअनुसार महानगरमा गणना गरिएको कूल मत ४४५३ मध्ये बालेनले १५७५ मत प्राप्त गरेका छन् ।

त्यसपछि दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९८५ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत ल्याएका छन् ।

यसरी हेर्दा बालेन स्थापित भन्दा ५९० मतले अगाडि रहेका छन् ।

प्रतिक्रिया