

काठमाडौंको १८ सय मत गणना : बालेनले बढाए अग्रता, मतान्तर १ सय ३९

काठमाडाैं – काठमाडौं महानगरपालिकाको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । शनिवार राति ९ बजेसम्म १८ सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ सय ३३ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका केशव स्थापितले ४७४ र नेपाली कांग्रेसकी सृजना सिंहले ३ सय ५५ मत प्राप्त गरेकी छिन् । अग्रता लिइरहेका बालेन र स्थापितको मतान्तर १ सय ३९ छ ।
अत्यन्त सुस्त गतिमा गणना भइरहेकोले नतिजा आउन समय लाग्ने देखिएको छ । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६०२ मतसहित अग्रता कायम गरिरहेकी छिन् ।
काठमाडौंमा राप्रपाका मदनदाश श्रेष्ठले ६८ र साझा विवेकशीलकी समीक्षा बास्कोटाले १३ मत प्राप्त गरेकी छिन् ।

