

प्रतिलिटर १० रुपैयाँले बढेर १७० पुग्याे पेट्रोलको मूल्य
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ

काठमाडौं – फेरि पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएको छ । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।
शनिबार बसेको नेपाल आयाल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।
हालसम्म १६० रहेको पेट्रोलको मूल्य बढेर १७० पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

