लिमीका मत पेटिका आइतबार हेलिकोप्टरबाट ढुवानी हुने


हुम्ला – हिमाली जिल्ला हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका-६ लिमीका मत पेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएका छन् ।

मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिबार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबारमात्र लिमीका मतपत्र ढुवानी हुने भएका हुन् ।

लिमीबाट आउने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउन लागिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

लिमीका तीन वटा मतदान केन्द्रमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङ रहेका छन् ।हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान केन्द्रमा पाँच सय भन्दा बढी मत रहेका छन् ।

लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरू चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउँ छिचोलेर त्यहाँ पुगेका थिए ।  लिमीको मतपेटिका नआउँदासम्म नाम्खा गाउँपालिकाको मत गणना नहुने भएको छ ।

प्रतिक्रिया