डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गर्दै माओवादी केन्द्रले खोल्यो खाता


डोल्पा – नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बने ।

यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा उपविजेता बनिन् ।

प्रतिक्रिया