२ वटा बन्दुक र पेस्तोल सहित एकजना पक्राउ


काठमाडौं – सशस्त्र प्रहरी बलले धादिङ र कञ्चनपुरबाट २ बन्दुक र पेस्तोल बरामद गरेको छ। यसका साथै एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। धादिङको थाक्रे गाउँपालिका-४ रातोमाटेस्थित खोला किनारबाट हेटौंडा उपमहानगरपालिका-८ का ३३ वर्षीय सानुकान्छा तामाङ पक्राउ परेका हुन्।

धादिङबाट खटिएको सशस्त्र प्रहरीले एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको र उनलाई बन्दुकसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाएको छ। यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्थित पूर्व-पश्चिम लोकर्मागबाट सोमबार नै एक नाल कटुवा पेस्तोल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको टोलीलाई देख्नासाथ एक व्यक्ति आफूले बोकेको झोला फालेर भागेका थिए। उक्त झोला जाँच गर्दा कटुवा पेस्तोल र सोही पेस्तोलको एउटा गोली फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माले जानकारी दिए।

प्रतिक्रिया