युवती ललाइफकाई भारत लैजाँदै गरेको अवस्थामा पक्राउ


काठमाडौं – युवतीलाई ललाइफकाई भारत लैजाँदै गरेको अवस्थामा महोत्तरीमा एक युवक पक्राउ परेका छन्।

महोत्तरीको जलेश्वर नगरपालिका-३ स्थित सीमा क्षेत्रबाट भारतको सीतामढी घर बताउने २० वर्षीय दिपक साहलाई सशस्त्र प्रहरी बल बिओपी जलेश्वरबाट गस्तीमा निस्केको टोलीले सोमबार नियन्त्रणमा लिएको हो ।

महोत्तरीको एकडारा गाउँपालिका-३ की १८ वर्षीया एक युवतीलाई भारततर्फ लैजाँदै गरेका उनलाई शंका लागेर सोधपुछ गर्दा ललाइफकाई भारत लैजान लागेको खुलेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माले जानकारी दिए।

प्रतिक्रिया