
दाङमा एमालेका वडा अध्यक्षको उम्मेदवारको मृत्यु
दाङ– तुलसीपुर उपमहानगरपालिका वडा नं। १७ दाङका वडाध्यक्षका उमेदवार लवरु चौधरीको मृत्यु भएको छ। एमालेबाट उमेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो।
बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी थिए। उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को सडा सदस्य भएर काम गरेका थिए।
चुनाव प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारकालागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।
उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए।



कागजपत्र |
