
देशभर थप ८ जनामा कोरोना पुष्टी, १७ जना संक्रमणमुक्त
काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको ३ हजार २ जनाको परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा १७ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् । त्यस्तै कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।
अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या १९० जना रहेको पनि मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
