

बालेनलाई अर्का मेयर उम्मेदवारको समर्थन !

काठमाडौं – राष्ट्रिय यथार्थवादी पार्टीबाट काठमाडौं महानगरको नगरप्रमुखमा उम्मेदवारी दिएका आनन्द जोशीले बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्दै आफू निस्क्रिय रहने घोषणा गर्ने तयारी गरेका छन् ।
पार्टीको तर्फबाट नगरप्रमुखका लागि उम्मेदवारी दिएका जोशीले सामाजिक सञ्जालमार्फत् स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने विषयमा छलफल भईरहेको हुनाले आफ्नो प्रचारप्रसारको घरदैलो अभियान नै स्थगित गरेको जनाएका छन् ।
पार्टीका महासचिव समेत रहेका जोशीले आफू निस्क्रिय रहँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि बताएका छन् ।
बालेनलाई यथार्थवादीका उम्मेदवार आनन्द जोशीले स्वयम्भूस्थित भगवती मन्दिरमा चुनाव चिन्ह लौरो उपहार दिएर विधिवत समर्थन गर्ने तयारी रहेको पूर्वसचिव भिम उपाध्यायले जनाएका छन् ।

