चिनियाँ सरकारको निगरानीमा ज्याक मा


बेइजिङ(एजेन्सी)– चिनियाँ अर्बपति र अलीबाबाका सहसंस्थापक ज्याक माको फर्म एन्ट ग्रुपमा चिनियाँ नियामक निकायले कारवाही गरेपछि पछिल्लो दुई महिनादेखि उनी कहिँकतै देखिएका छैनन् । उनी कतै लुकेको छन् या त उनलाई सरकारले पक्राउ गरेको छ भन्ने अड्कलबाजी हुन थालेको छ । चिनियाँ सरकारका विरुद्ध जोकोहीले बोल्छ भने उसलाई सरकारले नै वेपत्ता बनाउछ या त उसलाई पक्राउ गरिन्छ । ज्याकको विषयमा पनि यही अड्कलबाजी गरिएको छ । यहीबीचमा उनी चिनियाँ सरकारको निगरानीमा रहेको खबर बाहिर आएको छ ।

चीनको यो ट्रेक रेकर्ड छ कि ऊ कहिल्यै पनि ठूला व्यक्तिको पक्राउको बारेमा केही बोल्दैन । यस्तो निगरानीको अर्थ जेल हुनसक्छ । हङकङको द एसिया टाइम्सले चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीको हवाला दिँदै ज्याक मा निगरानीमा रहेको जनाएको छ ।

पिपुल्स डेलीले गत नोभेम्बरमा ज्याक मा चिनियाँ सरकारको नीति बिना अली बाबालाई उचाईसम्म पुर्याउन नसक्ने उल्लेख गरेको थियो । ज्याक मा नोभेम्बर २०२० देखि कुनै पनि सार्वजनिक समारोह वा टेलिभिजन कार्यक्रममा देखिएका छैनन् । सोहीकारण उनी गायब भएको अनुमान गरिएको थियो ।

५६ वर्षीय अंग्रेजी शिक्षक र चिनियाँ इ–कमर्सको बादशाह ज्याक माको यसै वर्ष सम्पत्ति घटेर ५० दशलमब ९ बिलियन डलर भएको थियो । ब्लूमबर्ग अरबपतिहरुको तथ्यांकका अनुसार विश्वका ५ सय धनी व्यक्तिको सूचीमा ज्याक २५ नम्बरमा छन् ।

प्रतिक्रिया