आज ललितपुरमा एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्ने


काठमाडौं – नेकपा (एमाले)ले आज ललितपुरमा चुनावी सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य बज्राचार्यले उम्मेदवारी दिएका छन् । एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेको हो ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरेर विभिन्न राजनीतिक पार्टीहरूले प्रचारप्रसार र प्रतिबद्धता जनाउन देशभर विभिन्न कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया