आज कति बढ्यो त सुन र चाँदी मूल्य ?


काठमाडौं – साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ र चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार गता साता कारोबारको लागि अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया