दाइजोमा मोटरसाइकल माग्ने बेहुला पक्राउ


झापा – झापामा दाइजो मागेको भन्दै बेहुला पक्राउ परेका छन् । विवाहमा दाईजोको विषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेचीनगर नगरपालिका-१५ स्थित बेहुलीको घरमा बेहुला चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भनेर विवाद गरेपछि बेहुली पक्षले विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा जाहेरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया