

वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार मृत फेला

काठमाडौँ- वडा अध्यक्षको स्वतन्त्र उम्मेदवार मृत फेला परेका छन्। सुनसरीको रामधुनी नगरपालिका ८ मा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार आफ्नै घर पछाडि मृत फेला परेका हुन्। उनी गत बिहीबारदेखि सम्पर्कविहीन भएका थिए। उनको मोटरसाइकल भने इनरुवास्थित बसचोकमा भेटिएको थियो।
उनी बेपत्ता भएको झन्डै २४ घण्टापछि गत बिहीबार प्रहरीको सम्पर्कमा आएका थिए।घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

