
रेणु दाहालको भाषणले दंग भएको छु : माधव नेपाल
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणु दाहालको खुलेरै प्रशंसा गरेका छन् ।
चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै नेपालले रेणु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए ।
‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए ।



कागजपत्र |
