हुप्सेकोट कांग्रेस उमेदवार पाण्डेमाथि एमाले उमेदवारका भाइसहितको समुहद्वारा सांघातिक आक्रमण


हुप्सेकोट – पूर्वी नवलपुरको हुप्सेकोट गाउँपालिकाकी पालिका प्रमुख पदका लागि कांग्रेस उम्मेदवार लक्ष्मी पाण्डेमाथि सांघातिक आक्रमण भएको छ ।

हुप्सेकोटको वडा नं. ४ को चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा एमाले उम्मेदवार चेत बहादुर राणाका पारिवारिक सदस्य उनका भाईसहित एमाले कार्यकर्ताहरूले भौतिक आक्रमण गरेको स्थानीय कांग्रेस कार्यकर्ताले बताए ।

पाण्डे झ्यालबासबाट चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा हमला भएको जनाइएको छ । आक्रमणबाट पाण्डे सामान्य घाइते भएकी छिन् भने उनी सवार गाडी क्षतिग्रस्त भएको छ ।

आक्रमणकारीले छड, लाठी, भाला, खुकुरी लिएर आएको हुनाले ज्यान नै लिने उद्देश्यसहित आएको पनि ती कार्यकर्ताले दाबी गरे ।

निर्वाचन प्रचार प्रसारका क्रममा रहेकी उम्मेदवार गाउँपालिका प्रमुख उम्मेदवार पाण्डे र उपप्रमुख पूर्णसिंह रानामाथि भौतिक आक्रमण भएको जनाइएको छ । उक्त गाडीमा उम्मेदवार पाण्डेसहित अन्य कांग्रेस कार्यकर्ता पनि सवार थिए । अन्य व्यक्तिले भागेर ज्यान जोगाएको जनाएका छन् ।

प्रचार प्रसारका क्रममा रहेका उम्मेदवारद्वयमाथि मोटरसाइकल र गाडीमा आएका एमाले कार्यकर्ताले एक्कासी आक्रमण गरी उनीहरु सवार गाडीलाई समेत क्षतिग्रस्त बनाएका छन् ।

पाण्डे हुप्सेकोट गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया