नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको मृत्यु


अबुजा – नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको ज्यान गएको छ ।

दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको नाइजेरियाको प्रहरीलाई उदृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हिजो बेलुकी भएको घटनामा अरु केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी भइरहेको नाइजेरियन प्रहरीले जनाएको छ । भग्नावशेषबाट आज चार वर्षका बालकको शव निकालिएको छ ।

भवनमा कति मानिस थिए यकिन नभएकोले ज्यान गुमाउने र घाइते तथ्याङ्क आउने सकेकाे छैन । तीन तले भवन एक्कासी भत्किँदा त्यहाँ मानिसहरु पुरिएका हुन् ।

प्रतिक्रिया