काठमाडौं मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि केशव स्थापितले लगाए गम्भीर आरोप


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका स्थापितले स्वतन्त्र उमेदवार शाहलाई निवाचनको प्रचार प्रसारमा आफ्नो फोटोको दुरुपयोग गरेको आरोप लगाएको हो ।

शाहको शरीरमा आफ्नो टाउको भएको तस्बिर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौँ’ भनेर प्रचार गरेको उनको दाबी छ ।

मङ्गलवार काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’

बालेनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्‍याप भन्ने गरेको बताए ।

प्रतिक्रिया