देशभर थप ९ जनामा कोरोना पुष्टी, १८ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८ र एन्टिजेन परीक्षणबाट १ जनाका संक्रमण देखिएको छ ।

२४ घण्टामा ३ हजार ३३३ पीसीआर परीक्षण गरिएको छ भने ९२२ एन्टिजेन परीक्षण गरिएको छ । जम्मा परीक्षण ४ हजार २५५ रहेको मन्त्रालयले जनाएको छ ।

१८ जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २११ मा झरेको छ ।

प्रतिक्रिया