काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौं – काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति भएको दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका(५ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा वीर अस्पतालमा गए राति २ बजे मृत्यु भएको हो । बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।

स्कुटर नालीमा पल्टिएसँगै गम्भीर घाइते भएका श्रेष्ठलाई प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया