अमेरिकामा भीषण डढेलो, ९७ हजार एकड जमिनमा क्षति


काठमाडौं – अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । राज्यको ९७ हजार एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

त्यस क्षेत्रभरि हावाको तीव्र वहावका कारण डढेलो फैलिएको बताइएको छ । हावाको तीव्र प्रवाहले डढेलो अनुमान भन्दा छिटो फैलिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

‘यो तीव्रता आज पनि जारी रहनेछ’ सान्टा फे नेसनल फरेस्टका अग्नि नियन्त्रण अधिकारीहरुले जानकारी दिएका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ।

विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ । एजेन्सी

प्रतिक्रिया