तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार


काठमाडौं । राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएर चर्चा बटुलेकी छन् ।

सामाजिक सेवामा अहोरात्र खटेकी यी युवतीको क्रियाशिलता देखेर नगरबासी पनि छक्क पर्ने गरेका छन् । सामाजिक क्षेत्रमा लोकप्रीय भएकी यी महिलाको राजनीति गर्ने चाहना, योजना र क्रियाकलाप देखेर धेरैले कसरी सम्भव भएको होला भनी अचम्म मान्ने गरेका छन् ।

टोखा नगरपालिका वडा नम्वर ३ स्थायी घर भएकी रजनी थापाको क्रियाकलाप मात्र होइन, संलग्नता हेर्दा उनी बहुमुखी प्रतिभाकी धनी भन्दा पनि फरक पर्दैन । नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष भएकी रजनी लाइन्स क्लव काठमाडौं देउराली धापासीकी अध्यक्ष हुन् ।

फ्लाट प्लगको सद्भावना दूत भएकी रजनी नेपाल मौरिसस बिजनेस काउन्सिलको कोषाध्यक्ष, सिँगटी हाइड्रो पावरको संचालक सदस्य, रजनी स्टार प्रालिको अध्यक्ष, रजनी सचेतना नेपाल फाउण्डेसनको प्रमुख, राष्ट्रिय गोजुरियो कराते डो एसोसिएसन नेपालको सचिव पनि हुन् ।

रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत उनले महिला जागरण, सचेतनादेखि महिला सुरक्षाको विषयमा देशव्यपाी रुपमा आफै कार्यक्रम संचालन गर्दै हिँडेकी छन् । महाभुकम्पको समयमा विपत्तिमा परेका नागरिकको सेवा देखि कोभिड १९को महामारीको बेला लक डाउनका कारण समस्यामा परेका नागरिकको सेवा समेत गरेकी छन् ।

चाईल्ड डेभलेपमेन्ट एण्ड जेण्डर सोसलाईजेसन, राजनीति शास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी रजनीले एलएलबी उतिर्ण गरी बिएन नर्सिङको समेत अनुभव लिएकी छन् ।

उनै रजनीलाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले टोखा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेकपा माओबादीको गठबन्धनका उम्मेदवारसँग उपमेयरको उम्मेदवार हुँदा करिव ५० मतको अन्तरालमा पराजित भएकी रजनीको लोकप्रीयतालाई देखेर कांग्रेले मेयरमा नै टिकट दिएको छ ।

रजनीले आफूले मेयरमा विजयी भए पछि स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष कार्यक्रम ल्याउने भन्दै आफ्नो कार्यकालमा राज्यबाट एक पैशा पनि सुविधा नलिने घोषणा गरेकी छन् । उनले कांग्रेसले अघि सारेको कोखदेखि शोकसम्म भन्ने नारालाई प्रत्यक्ष अनुभूति हुने गरी कार्यान्वयन गरेर देखाउने प्रतिज्ञा गरेकी छन् ।

आफ्नो रुपको सुन्दरता जस्तै टोखालाई सुन्दर र हरियाली नगर बनाउने उनको तीब्र चाहना र योजना देखेर प्रतिष्पर्धी दलका उम्मेदवारहरुले उनको आलोचना र विरोध गर्ने विषय नभेटेर सानै उमेरको महिला भएको भन्ने टिप्पणी मात्र गर्ने गरेका छन् ।

रजनीको घर दैलो कार्यक्रमको व्यस्तताको क्रममा उनलाई धेरै जसो महिला र बृद्ध बृद्धाले विजयी हुने भनी आशिर्वाद दिन थालेका छन् ।

प्रतिक्रिया