अनेरास्ववियूद्वारा प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड—नेपाल पक्षका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले प्रतिनिधि सभा विघटनसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिअनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको छ।
पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनले जानकारी दिए।
ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनले बताए।
विज्ञप्तिः