इन्फ्रास्ट्रक्चरको आईपीओ माघ २ देखि खुल्दै
काठमाडौं – इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि निश्कासन हुने भएको छ। ८ करोड कित्ताका लागि आह्वान गर्न लागिएको उत्त आईपीओ २ गते सुरु भएर छिटोमा ६ गतेसम्म भर्न पाइने जनाइएको छ ।
माघ २ गतेदेखि छिटोमा ६ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा मात्र १६ गतेसम्म आवेदन दिन सकिनेछ। आइपिओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटलले बिक्री प्रबन्धकको जिम्मा लिएको छ।
बैंकले प्रतिकित्ता अंकित मूल्य १ सयका दरले ८ करोड कित्ता सेयर जारी गर्न लागेको हो। सोमध्ये कर्मचारीका लागि १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ।
बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।