बाँकेमा १३ वर्षीय किशोरसहित कोरोनाबाट थप ३ जनाको मृत्यु


नेपालगञ्ज । बाँकेमा १३ वर्षीय किशोरसहित थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा दुईजना र भेरी अञ्चल अस्पतालमा एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा दाङ घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया