पहिलो पटक एकैचरणमा स्थानीय चुनाव


काठमाडाैं- नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि २०४९ सालमा स्थानीय तहको निर्वाचन सुरु भएको हो। अहिलेसम्म तीनवटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३० गते चौथोपटक स्थानीय तहको निर्वाचनमा मुलुक जुटिरहेको छ।

नेपालमा स्थानीय तहको निर्वाचन २०४९, २०५४ र २०७४ साल गरी तीनपटक सम्पन्न भइसकेका छन्। विगतको निर्वाचनलाई हेर्दा सधैं नै दुई वा तेस्रो चरणमा निर्वाचन भएको देखिन्छ। तर यसपटक सरकारले एकैपटक वैशाख ३० गते देशभर निर्वाचन गर्दै छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पहिलोपटक एकै चरणमा निर्वाचन गर्न थालिएको बताए।‘दुई तीन चरणमा निर्वाचन हुँदा एक ठाउँको मतदाता फेरि अर्को ठाउँमा फर्जी मत खसाल्न जान सक्छन्’, उनले भने, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन एकै चरणमा निर्वाचन गर्न थालिएको हो।’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मुलुकको सुरक्षास्थित मजबुत भएकोले एकै चरणमा निर्वाचन गराउन थालिएको बताए।

प्रतिक्रिया