टिकट नदिएपछि एमालेबाट निर्वाचित मकालु गाउँपालिका अध्यक्षले गरे पार्टी नै परित्याग


काठमाडौँ- पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार नबनाएपछि संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमाले परित्याग गरेका छन्।

पोख्रेल २०७६ को उपनिर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। बिहीबार विज्ञप्ति जारी गर्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। एमाले संखुवासभा जिल्ला कमिटी सदस्य समेत रहेका पोख्रेलले मकालु गाउँपालिकामा पुनः अध्यक्षको उम्मेदवारको दाबेदार थिए।

तर, पार्टीले अर्कैलाई उम्मदेवार बनाएपछि पोख्रेलले पार्टी परित्याग गरेका हुन्। पार्टीका नेताहरूको गुटगत निर्णयले आफूले गरेको योगदानको अवमुल्यन गरेको उनको आरोप छ।

एमाले छाडेपनि उनले अब कुन दलमा जाने खुलाइसकेका छैनन्। चुनावको मुखमा पोख्रेलले पार्टी छाड्दा एमालेलाई असर पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया