
फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत
शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव चिह्नबीच तालमेल गराए स्वीकार्य हुने बताएका हुन्।
उनले आफूहरूको बटमलाइन अमरगढीको मेयर हरि भट्ट रहेको समेत बताए। मल्लको यो भनाइले मल्लपक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ। दुई भागमा बाँडिएको कांग्रेस डडेल्धुराकोे मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।
पहिलैदेखि रुष्ट बनेको मल्ल समूहले कांग्रेस बिपीबाट उम्मेदवारी दिएर एमालेसँग गठबन्धन गरेको थियो। जसअनुसार दुबै पक्षले तालमेल गरेर जिल्लाका ७ वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै उम्मेदवारी दिएका छन्।



कागजपत्र |
