एमसीसीको सहयोगमा बन्यो प्रयोगशाला भवन


काठमाडौं – सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) तथा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का प्रतिनिधिले  एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

सडकको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसीए–नेपालले लिएको पहलमा सडक विभाग एक प्रमुख साझेदार हो ।

सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ती प्रयोगशालाको संयुक्तरूपमा उद्घाटन गरे ।

उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा  कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको छ अर्ब ३८ करोड अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएको खुसी व्यक्त गरे ।

प्रतिक्रिया