धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु


काठमाडौं – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सिन्धुलीटोलमा गएराति ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा ३ जनाकै मृत्यु भएको छ।

गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। मृतक ३ जनाकै सनाखत हुन बाँकी रहेको छ।

सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे, लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको हो।

ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रतिक्रिया